९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

रुपन्देहीमा सुरु भयो रास्वपा सभापति लामिछानेको बयान



रुपन्देहीमा सुरु भयो रास्वपा सभापति लामिछानेको बयान

बुटवल । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।

कास्कीबाट बुद्ध एयरको विमानबाट मंगलबार भैरहवा ल्याईएका लामिछानेलाई सिधै सरकारी वकिलको कार्यालयमा पुर्‍याएर रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनीसँग बयान लिन लागिएको हो।

पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको थियो । यता रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने विमानस्थलमै पुगेर पनि समर्थकहरूले प्रदर्शन गरेको रास्वपा प्रदेश उपाध्यक्ष शालिकराम घिमिरे बताए । file foto

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : २५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.