२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

माओवादी केन्द्रले पुस २ गते बस्ने गरी बोलायो केन्द्रीय समितिको बैठक



काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका आगामी मंसिर १६ गते हुने बैठकले उपनिर्वाचनमा गठबन्धन गर्ने बारे ठोस निर्णय भने गरेको छैन । प्रवक्ता सापकोटाले उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना बनाइएको बताए ।

साथै माओवादी केन्द्रले मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।

उनले खबरदारी सभा यस अघि कार्तिक १० गते गरेको विरोध सभाको निरन्तरता भएको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : १४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.