९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरमा एक प्रधानाध्यापक घाइते



बरहथवा ।अज्ञात समूहको गोली प्रहारबाट दायाँ गालामा गोली लागी प्रधानाध्यापक गम्भीर घाइते भएका छन्।

घाइते भएका प्रेमबहादुर बमजन मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय‚हात्तीसुँडेका प्रधानाध्यापक हुन्।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१,बोटगाउँका बमजनमाथि गोली प्रहार गरेको हो।

इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीका अनुसार गोली बमजनको गालामा लागेको हो। घटनालगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

घाइते प्रधानाध्यापक बमजनको बागमतीस्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार गरिएको थियो। उनको थप उपचार वीरगञ्जको वयोधामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रधानाध्यापक बमजन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना ४०प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ११ : १४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.