३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनीत



काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका छन्।

सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको विभागमा २८ जना सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

डडेल्धुराका नरेन्द्रबहादुर भाट, मनाङका दिलबहादुर गुरूङ, बागलुङका पूर्णबहादुर हमाल, ओखलढुंगाका पेमा नीमा शेर्पा, चितवनका नारायण सुवेदी, झापाका कृष्ण गिरी (जगन्नाथ), काठमाडौंका नारायण खरेल, चितवनका गिरीराज कुँवर, कास्कीका कुलप्रसाद गुरूङ, कैलालीका हिक्मत थापा, बागलुङका राजु रेग्मी ’राज’, स्याङ्जाका शालिकराम डुम्रे सदस्य मनोनीत भएका हुन्।

धादिङकी सीता अर्याल, गुल्मीकी सुनिता जी.सी. कुँवर, काठमाडौंका पुरुषोत्तम खनाल, तनहुँका गोविन्द परियार, धनुषाका शिवकुमार यादव, काठमाडौंका प्रकाश अधिकारी, सुर्खेतका ऋषि शर्मा, पर्वतका मोहन गुरूङ, चितवनका इन्द्रकमल बुढ़ाथोकी, स्याङ्जाका जगदीश पौड़ेल, अर्घाखाँचीका कृष्णप्रसाद अधिकारी, रूकुमका राजु केसी, कञ्चनपुरका ईश्वरीप्रसाद जोशी, धनुषाका अविरल निधि, स्याङ्जाका मनोर दिन सैयद र रूपन्देहीका कृष्ण पौडेल सदस्य मनोनीत भएका हुन्।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ३९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.