१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

अमेरिकी राष्ट्रपतिका लागि आज निर्बाचन हुंँदै



काठमाडौं । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदैछ।

निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्।

मतदाताहरूको प्रत्यक्ष मतदान र ‘इलोक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

नागरिकले मतदानमार्फत चुनिने प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभाव पार्ने कतिपयको धारणा छ। आफ्नो पक्षका उम्मेदवारलाई विजयी गराउन दुवै पार्टीले आफ्ना सबै प्रकारका संयन्त्र परिचालन गरेका छन्।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ११ : ३५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.