३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

तिहार सबैको जीवनमा उज्यालो छर्ने चाड : प्रधानमन्त्री ओली



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व सबैको जीवनमा उज्यालो छर्ने चाड भएको बताएका छन्।

भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा शुभकामना पनि व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास लिएका छन्

सबै नेपालीमा उमङ्ग छाओस् भन्दै उनले लेखेका छन्, “यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।”

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ११ : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.