३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

झन्डै २ सय २१ किलो गाँजासहित एक जना पक्राउ



धनुषा।जनकपुर उपमहानगरपालिका-१४ बाबा आयलस सेन्टर नजर्जा कबाट अवैध लागूऔषध गाँजा करिब २ सय २१ किलो ३८ ग्राम सहित मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाच गर्ने क्रममा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको १६ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक प्रकाशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ३ : ५३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.