३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

रास्वपाका सभापति लामिछानेलाई आइतबारमात्रै अदालत उपस्थित गराइने



काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबारमात्रै कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ।

ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि शुक्रबार अदालतले अनुमति दिएसंगै शुक्रबार काठमाडौंबाट क्राउ परेका लामिछानेलाई आज शनिबार अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो।

राति करिब ३ बजे लामिछानेलाई पोखरा पुर्‍याएको प्रहरीले उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। लामिछानेलाई प्रहरीले हिरासतमा लिएपछि समेत रास्वपाका कार्यकर्ताहरूले नाराबाजी गरेका छन्।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर प्रहरीले पोखरा लगेको हो।

सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई गत असोज ६ गते काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ८ : ५४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.