३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दर्ता गर्ने ६ जनासंग आज छलफल गरिंदै



काठमाडौं।संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध उजुरी दर्ता गराउने ६ जना उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ ।

संवैधानिक परिषद्ले भदौ ३१ गते सर्वोच्च अदालतको प्रधानन्ययाधीशमा सिफारिस गरेका राउतको संसदीय सुनुवाइ १६ गते हुंदैछ।

संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।त्यस्तै, बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्र लेखा यादवविरुद्ध दुई वटा उजुरी परेको समितिले जनाएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १० : २० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.