६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त



केदार बस्नेत,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा(एमाले)का उपमहासचिव बिष्णु रिमाल नियुक्त भएका छन् । यस्तै आर्थिक सल्लाहकारमा पुर्व अर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भएका हुन् ।रिमाल र खतिवडालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सल्लाहकारमा नियुक्त गरिएको जानकारी गराईएको छ।

उपमहासचिव समेत रहेका रिमाल यसअघि पनि ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएर काम गरिसकेका छन्  ।प्रम ओलीका नवनियुक्त आर्थिक सल्लाहकार खतिवडा २०७४ मा ओली नेतृत्वको मन्त्रीपरिषदमा अर्थमन्त्री भएका थिए।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : ३० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.