सोलुखुम्बु।जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्डले खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे बस्तिका बाढी पीडितलाई राहत स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
नगरप्रमुख नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले साउन ३२ गते आएको बाढीका कारण पीडित थामेबासीलाई राहत स्वरुप १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको नगर प्रबक्ता फूर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
वडा नं ६ का वडाध्यक्ष रहेका शेर्पालाई आजकै कार्यपालिका बैठकले नगरपालिकाको प्रबक्ता तोक्ने निर्णय गरेको थियो।
बैठकले गत आर्थिक बर्ष कार्यपालिका बैठकले गरेका निर्णयहरुको समिक्षा गर्नुका साथैचालु आर्थिक वर्षमा संचालन गरिने योजना/कार्यक्रम कार्यान्वयन तथा अनुगमन प्रणाली प्रभावकारी बनाउने विषयमा छलफल समेत गरेको छ।
नगर स्तरीय योजना अनुगमन तथा सुपरिवेक्षण समितिका सदस्य श्री आङ काजी शेर्पाको स्थानमा कार्यपालिका सदस्य श्री कुलध्वज घर्तिमगरलाई योजना अनुगमन तथ सुपरीवेक्षण समितिको सदस्य तोक्ने निर्णय पनि बैठकले गरेको प्रबक्ता शेर्पाले जानकारी दिनुभयो।
वहाँका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश कितावखाना कोशी प्रदेश बिराटनगरंमा सोलुदुधकुण्ड नगरपालिकाको नगरसभाबाट स्वीकृत संगठन संरचना र दरवन्दी अनुसारको स्थायी कर्मचारीहरुको पद दर्ता गर्ने र चालु आ.व. २०८१/०८२ मा हुने निर्माण कार्य, डुबानी लगायतको कार्यको लागि तयार भएको दररेट स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।