३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

थामे बाढी : रक्षामन्त्री राई नेतृत्वको टोलीले बुझाएको प्रतिबेदनमा के छ ?



काठमाडौँ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा अकस्मात आएको बाढीबारे स्थलगत अध्ययन गरेर फर्किएको टोलीले अन्य हिमतालको जोखिमको अवस्थाबारे प्रधानमन्त्री केपी ओलीलाई आफ्नो प्रारम्भिक प्रतिबेदन बुझाएको छ।

घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राईको नेतृत्वमा गएको जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीको टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी प्रतिबेदन बुझाएको हो।टोलीमा राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल,नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,खुम्बुपासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा,उपाध्यक्ष टासी ल्हमु शेर्पा लगायत सहभागी थिए।

प्रतिबेदनमा सो दुई वटा हिमताल फुट्दा सो क्षेत्रमा बाढी गएको र अन्य दुई ताल जोखिम अवस्थामा देखिएकोबारे जानकारी गराउंदै विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट त्यस बिषयमा अध्ययन गर्नुपर्ने सुझाव दिएको छ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा साउन ३२ मा हिमताल बिस्फोटहुँदा आएको बाढीले पर्यटकीय गाउँ थामेखोला डुबाउँदा १५ घरमा पूर्ण क्षति हुनुका साथै तल्लो तटीय क्षेत्रमा समेत असर पुर्‍याएको थियो।प्रधानमन्त्रीसंगको भेटमा जनप्रतिनिधिहरुले बाढीले क्षति पुर्‍याएको माप्य-खुम्बु जोड्ने ओर्लाङघाटस्थित मितेरी पुलको पुनः निर्माण यथाशीघ्र गर्नुपर्ने,तत्कालका आवागमन सहज बनाउन बेलिबृज जडान गर्नुपर्ने, बाढीले बाटो बगाएका कारण फाक्दिङ भन्दा माथिल्लो क्षेत्रमा बैकल्पिक मार्ग खोजी गरी निर्माण गर्नुपर्ने र विद्युत अवरुद्ध हुंदा बिच्छेद भएको सन्चार सम्पर्क स्थापित गर्न टेलिफोन टावरहरुमा सोलार जडान गर्नका लागि पहल गरिदिन पनि आग्रह गरेका थिए।

यस्तो छ प्रतिबेदनको पुर्ण पाठ:

विषय प्रवेश
मिति २०८१।०४।३२ गते शुक्रबार दिउँसो करिब १:३० बजे सोलुखुम्बु जिल्लाको खुम्बु पासाइन्हाम् गाउँपालिका-५ थामेखोलामा एकासी गेग्यान र ठूला ढुङ्गासहितको भीषण बाढी आयो। बाढीले थामे बजारमा सबैभन्दा ठूलो अति पुर्याएको छ। उक्त बाढीले १३ वटा घरमा पूर्ण रूपमा हाति पुगेको छ भने १० वटा घर आंशिक रूपमा शतिग्रस्त भएका छन् । त्यसै गरी, एउटा विद्यालय भवन, एउटा स्वास्थ्य क्लिनिक र दुईवटा होटलमा पनि पूर्ण क्षति पुगेको छ। अन्य केही घर जोखिममा रहेका छन्।

करिब ९०० घरधुरी उपभोक्ता रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मा रहेको ६५० किलोवाट क्षमताको जलविद्युत आयोजनाको इनटेक (बाँध) मा असर परेपछि विद्युत सेवा अवरुद्ध छ जसले गर्दा सज़ार सम्पर्क समेत विच्छेद भएको छ ।

त्यस्तै, सोताङ गापा-१ को दिप्लीघाटमा स्टोर गरिराखेको पुरानो बेलिब्रिजको सामान बगाएर लगेको छ भने माध्य दुधकोशी गा.पा.-१ अप्रैरीस्थित खुम्बु क्षेत्र जोड्ने लगभग आठ करोडमा लागतमा बनाइए‌को दुधकोशी खोलाको स्टिल ट्रस पुलको एकतर्फी भाग भासिँदा आवागमन बन्द भएको छ। हाल पानीको बहाव घटेको भए पनि ओखल्ढुङ्गासम्मको तटीय क्षेत्रमा कटान भैरहेकोले केही स्थानमा पहिरोको जोखिम छ।

थामे बजारमा ठूलाठूला ढुङ्गा थुप्रिएका छन्। पहाड नै फुटेर आएजस्तो विध्वंशको दृश्य देखिन्छ। यो घटना रातको समयमा वा पर्यटकीय सिजनमा भएको भए ठूलो मानवीय क्षति हुने निश्चित थियो।

उद्धार र प्रतिकार्य

घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र स्थानीय तहबाट उद्धार सुरु गरियो। हालसम्म एकजना वर्ष ५५ का निमा नुरु ढुड्डु शेर्पा सम्पर्कमा नरहेको जाहेरी थामेमा बसोबास गर्ने स्थानीयवासी ९३ जनालाई सुरक्षित स्थानमा रहेका स्थानीय मानिसहरुको घर छात्रावासमा बस्ने ८ जना शिक्षक, २ जना कर्मचारी र ३२ जना विद्यार्थी गरी जम्मा ४२ जनालाई भवन दुम्जे थामेमा राखिएको छ ।

उच्चस्तरीय टोलीद्वारा अवलोकन तथा राहत वितरण

२०८१ भदौ १ गते शनिबार विहान रक्षामन्त्री माननीय मानबीर राई, राष्ट्रिय सभा सदस्य माननीय सोनाम गेल्जेन

शेर्पा, प्रदेश सभा सदस्य माननीय बुद्धिकुमार राजभण्डारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र गृह मन्त्रालयका विपद् तथा द्वन्द्र व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाल, प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री लगायतको टोली थामेबजार पुगेको थियो। त्यसक्रममा स्थलगत अवलोकन तथा स्थानीयसँग अन्तरक्रियाका साथै प्रभावित परिवारलाई नगद तथा त्रिपाललगायत जिन्सी राहत सामग्री वितरण गरियो। संघीय सरकारका तर्फबाट तत्काल राहतस्वरुप १५ हजार रूपैयाँ सहायता उपलब्ध गराइएको छ भने पालिकाले प्रति परिवार ५० हजार रुपैयाँ वितरण गरेको छ। घाइतेहरूको उपचार जारी छ ।

बाढीको प्रारम्भिक कारण

रोग्ग्रान र ठूला ढुङ्गासहितको भीषण बाढी थामे बजारबाट करिब नौ किलोमिटर माथि रहेका दुईवटा हिमताल विस्फोट (Glacial Lake Outburst Flood- GLOF) का कारण भएको देखिन्छ । हिमताल फुटेको क्षेत्रको हवाई अवलोकन, स्थानीयसँग गरिएको अन्तरक्रिया तथा अन्य विभिन्न निकायको प्रारम्भिक जानकारीबाट यो प्रारम्भिक निश्कर्षमा पुगिएको हो।

यामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको तालमा glacial mass खस्दा छचल्केर ठूलो मात्रामा पानी तल रहेको अर्को तालमा खसेको र उक्त दबाबले दोस्रो ताल फुट्‌दा भीषण बाढी आएको देखिन्छ । अतः त्यहाँ श्रृंखलाबद्ध प्रभाव (cascading effect) परेको नै पुष्टि हुन आउँछ । हेलिकोप्टरबाट हेर्दा बाँकी तीनवटा तालमा असर परेको देखिन्न तथापि तिनीहरूको जोखिम अवस्थाबारे अध्ययन गर्नुपर्ने छ।
नजिकै बस्ती तथा संरचनाहरू भएको अवस्थामा साना तालहरू विस्फोट हुँदा समेत ठूलो मात्रामा क्षति हुँदो रहेछ भन्ने स्पष्ट भएको छ ।

जलवायु परिवर्तनको प्रभाव

जल तथा मौमस विज्ञान विभागका अनुसार उक्त क्षेवनजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मि. मि. वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भई ९.७ बाट ११.० डिग्री सेल्सियस पुगेको र साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको थियो । अतः जलवायु परिवर्तनको प्रभावसमेत जोडिई भएको तापक्रम वृद्धि, बढ्दो वर्षा, पर्माफ्रोष्ट (permafrost) र ग्लेसियर (glacier) पग्लँदा थामे खोलाको जलाधारमा हिमताल विष्फोट भएको देखिन्छ। यहाँ उल्लेखनीय के छ भने खोटाङको रखुवाबजारमा रहेको दुधकोशी नदीको वाढीमापन केन्द्रमा सोही दिनको साँझ ५:१० बजे ४.२९ मिटरबाट ३० मिनेटमा जलसतह करिव १.२० मिटर बढेर साँझ ५:४० बजे ५.५३ मिटर पुगेको थियो।

निष्कर्ष तथा सिफारिस

थामे बजारमाथिका दुईवटा हिमताल विस्फोट भई भीषण बाढीका कारण भएको ठूलो भौतिक क्षति, पर्यटकीय र रमणीय थामे बजार बगरमा परिणत हुने घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा संकट उत्पन्न भई क्षति तथा नोक्सानी (loss and damage) बढिरहेको नै प्रमाणित हुन आउँछ।

थामे बजारका लागि

१. बाढी प्रभावित क्षेत्र बस्न नमिल्ने गरी बिग्रिएकोले प्रभावित बासिन्दालाई तत्काल सुरक्षित आश्रयस्थलमा सानें।

२. पालिकासँग समन्वय गरेर अस्थायी आवासको लागि ठाउँ खोज्ने र प्रभावितहरूलाई त्यहाँ सार्ने प्रबन्ध गर्ने।

३. बाढी रोकिए पनि तटीय क्षेत्रमा कटान जारी रहेकाले केही घरहरू जोखिममा छन्। तसर्थ कटान नियन्त्रणका लागि तत्काल काम सुरु गर्नु पर्ने।

४. खुम्बु विद्युत कम्पनीको डपाम भत्किएर विद्युत उत्पादन बन्द भएको छ। जति सक्दो चाँडो यसको मर्मत सम्भार गरेर विद्युत सुचारु गरी जनजीवनलाई सहज बनाउने।

५. विद्यालय पुरै बगाएको हुनाले विद्यार्थीहरूको पढाईलाई सुचारु गर्ने वैकल्पिक व्यवस्था गर्ने।

६. अविलम्ब संचार सम्पर्क स्थापित गर्ने व्यवस्थाका लागि प्राधिकरणलाई अनकारी गराउने। ७. थामेको क्षति तथा नोक्सानीको आँकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्य गर्ने ।

राष्ट्रियस्तरमा

१. अहिले फुटेको दुईवटा र सँगै रहेका तीनवटा हिमताल गरी पाँचवटाले फेरि जोखिम निम्त्याउन सक्ने खतरा देखिन्छ। तसर्थ, साना ठूला सबै हिमतालहरूको नक्सांकन गरी जोखिम अध्ययन गर्ने। यसका लागि प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्राविधिक एवं विज्ञहरू सम्मिलित टोलीद्वारा तत्कालै काम अगाडि बढाउने ।

२. नेपालमा रहेका सबै तालहरूको नक्साङ्कन र जोखिमको अध्ययनलाई विपद् पोर्टल (bipadportal.gov.np) मा प्रविष्ट गर्ने ।

३. नेपालका हिमताल मात्र होइन नेपालका नदीहरूको मुहान रहेका चीनको तिब्बतमा पर्ने हिमतालहरूको अध्ययनका लागि चीन सरकारसँग सम्पर्क गर्नुपर्ने हुन्छ । यसका लागि गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत् काम अगाडि बढाउने ।

४. यस्ता तालहरूको अध्ययनसँगै जोखिममा रहेका हिमतालमा पूर्वचेतावनी प्रणालीको जडान एवं जोखिम न्यूनीकरणका उपायहरूको कार्यान्वयनलाई पनि अगाडि बढाउने ।

५. यो घटनाले हाम्रा हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनको असर परिसकेको नेपालका दाबीलाई नै बल पुग्छ। त्यसैले यो परिघटनाको अध्ययन तथा निश्कर्षलाई अन्तर्राष्ट्रिय फोरमहरूमा लगेर यस क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यका लागि क्षति तथा नोक्सानी (loss and damage) कोषलगायतबाट अनुदानका लागि पहल गर्ने ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ३ : २८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.