६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

गर्‍यो सोलुदुधकुण्डले एसईईमा सर्बोत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय र विद्यार्थी पुरस्कृत



सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको एक मात्र नगरपालिकाका सोलुदुधकुण्डले एसईई परीक्षामा सर्बोत्कृष्ट हुने नगरभित्रका विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ।

आईतवार आयोजित कार्यक्रममा नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले नगरभित्रका सर्बोत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गर्नुभएको हो।

सो अवसरमा विद्यालयतर्फ नगर प्रथम हुने गार्मा माध्यमिक विद्यालयलाई नगद तथा सम्मान पत्रले सम्मानित गरिएको थियो।सतप्रतिशत सफल नतिजा ल्याउन सफल सो विद्यालयलाई नगरप्रमुख शेर्पाले ३ लाख नगद सहित सम्मानपत्रले सम्मानित गर्नुभएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा ३.७२ GPA ल्याएर नगर प्रथम हुने गार्मा माध्यमिक विद्यालयका छात्र फिन्जु शेर्पालाई ५० हजार नगदसहित प्रमाणपत्र, ३.६६ GPA ल्याएर दोश्रो हुने चाँगेस्थान माध्यमिक विद्यालयका छात्रा स्वीकृति कार्कीलाई ४० हजार नगद सहित प्रमाणपत्र र ३.६१ GPA ल्याएर तेस्रो हुने टाक्सिन्दु माध्यमिक विद्यालयका छात्र कुन्साङ नुर्बु तामाङलाई ३० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

यसपटकको एसईई नतिजामा नगरपालिकाको गार्मा माध्यमिक विद्यालय जिल्ला तृतीय भएको छ।गत बर्षभने यो विद्यालय जिल्ला प्रथम हुन सफल भएको थियो।नगरपालिकाले जिल्ला प्रथम हुने नगर क्षेत्रका विद्यालयलाई रू ५ लाख पुरस्कारको ब्यवस्था गरेको छ।यो पुरूस्कार गत साल गार्मा माबिले प्राप्त गरेको थियो।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ११ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.