४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सोलुखुम्बुको जंगलमालागेको डढेलो नेचासल्यानको बस्तीमा सल्कियो ५ वटा घर जले



सोलुखुम्बु।जंगलमा लागेको डढेलो बस्तीमा सल्किएपछि आगलागी हुंदा सोलुखुम्बु जिल्लाको नेचासल्यानमा अन्दाजी ६० लाख बराबरको क्षति भएको छ।

जंगलमा लागेको डढेलो बस्तीमा छिरेपछि गाउँपालिकाको वडा नम्बर २ देउपुजेमा मंगलबार सांझ भएको आगलागीबाट तीनवटा घर र दुई वटा मतान घरसहित त्यसभित्र भएका भांडाकुडा र लत्ताकपडा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय नेचासल्यानका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र यादवले जानकारी दिनुभयो।स्थानीय,प्रहरी,सशस्त्र प्रहरी र सोलु दुधकुण्ड नगरपालिकाको दमकलको प्रयासबाट अहिले आगलागी पूर्ण नियन्त्रणमा आएको वहाँले बताउनुभयो।

आगलागीबाट स्थानीय केशव राईको एकतले भूकम्पको घर, दुई तले ढुंगामाटाले बनेको खरको छानो भएको मतान घर,शक्ति राइको टीनको छाना भएको ढुँगामाटाले बनेको तीन तले घर,खरको छानो भएको उनकै एकतले मतान घर र शक्तिकै बुवा धनशेर राईको काठले बनेको १ तल्ले ग्वाली घर, करबिर राईको ढुङ्गाको छानो भएको ढुङ्गा माटोले बनेको तीन तल्ले घर जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ।(सांकेतिक तस्बिर)

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : १८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.