६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कांग्रेस सांसद दीपक खड्काले हडपेको स्काउटको जग्गा सिल



काठमाडौं।कांग्रेस सांसद दीपक खड्काले हडपेको नेपाल स्काउट केन्द्रीय कार्यालयको हडपिएको जग्गा आज काठमाडौँ प्रशासनले सिल गरेको छ।गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो।

नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गालाई नै सिल गरिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।

खड्काले स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएर १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई भाडामा दिएको बताइएको छ।

अदालतले आदेश दिँदा पनि सो जग्गा खाली गर्न सकिएको थिएन।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ४९ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.