६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

करिब २३ किलो चरेश जस्तो पदार्थसहित एक ब्यक्ति पक्राउ



गुलरिया।सशस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेश जस्तो पदार्थसहित एक ब्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सीमा इलाकामा शंकास्पद हर्कत गरिरहेको अवस्थामा रुकुम पश्चिम जिल्ला सानोभेरी गाउँपालिका-५ का स्थायी बासिन्दा ३४ बर्षीय बमबहादुर पुन छन्।

पुनको साथबाट दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करीब २३ किलो लागूऔषध चरेश जस्तो देखिने पदार्थ बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले जनाएको छ।

भारत जान लागेका उनलाई बरामद सामानसहित थप अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रले जनाएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  १ : ५९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.