३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ



काठमाडौं । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ ।

आयोगले उपचुनाव प्रयोजनका लागि गएको फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो ।आयोगले उपचुनाव हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य शुरु गर्ने जनाएको छ ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि प्रमाणसहित प्रि–रजिस्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ०५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.