काठमाडौं।नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर (जिबी) खड्का विजयी भएका छन्।
दसौं जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले १४४ र राईले १३१ मत ल्याए। अध्यक्षका अर्का उम्मेदवार तारा कार्कीलाई ३ मत प्राप्त भएको छ।
उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी भएका छन्। झम्कहरी बडाललाई ९५ मतले पराजित गर्दै न्यौपाने विजयी भएका हुन्। न्यौपानेले १८२ र बडाले ८७ मत पाए।
सचिवमा अशोक थापा निर्वाचित हुँदा प्रतिस्पर्धी टंकलाल गिरी ३९ मतले पछि परे। थापाले १५२ र गिरीले ११३ मत ल्याए।दुई उपसचिवमा राजिव कटवाल र अस्मिता थापा विजयी भए। कटवालले दामोदर धमला र थापाले रमिला मगरलाई पराजित गरेका हुन्। कटवालले १३८ र धमलाले १२९ मत पाए। महिला उपसचिवमा थापाले १७४ र मगरले ९८ मत पाए।
उता,नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।कावासोतीमा सम्पन्न एमाले नवलपुरको नवौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
जिल्ला उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटालाई सर्वसम्मत चयन गरिएको एमाले नवलपुर जिल्ला इञ्चार्ज मना केसी जिसीले जानकारी दिए ।
यसैगरी, नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्रकुमार शाही विजयी भएका छन् ।निवर्तमान अध्यक्ष खिमबहादुर शाहीलाई ८ मत को अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । त्यसैगरी सचिवमा गोपालबहादुर नेपाली, उपसचिवमा तप्तबहादुर हमाल, महिला उपसचिवमा सुनिता बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ३९७ मत खसेको थियो ।