काठमाडौं।राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरेलाई निर्वाचित बनेकी छिन् ।
उर्मिला अर्यालले राजीनामा दिएपछि बुधवार भएको उपाध्यक्षको निर्वाचनमा उनी नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै विजयी बनेकी हुन् ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घिमिरे राष्ट्रिय सभा उपाध्यक्षमा विजयी बनेको घोषणा गरेका हुन् ।उनको पक्षमा ३९ र विपक्षमा १६ मत परेको थियो ।आजको राष्ट्रिय सभा बैठकमा ५५ सांसद उपस्थित थिए ।
उपाध्यक्षमा निर्वाचित घिमिरेलाई राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।