३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

सशस्त्रको गोदाममा भएको आगलागीको घटना छानबिनका लागी एआइजीको नेतृत्वमा समिति गठन



काठमाडौं। चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घरमा (स्टोर)सोमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आकलन गरिएको प्रवक्ता खड्काले बताए । उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो ।

आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आज घटनास्थलमा पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जाँच गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १० : १९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.