३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नेकपा एमाले सोलुखुम्बुको ८औं अधिबेशनबाट अध्यक्षमा डुफकुमार बास्तोला निर्बाचित



सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुको सम्पन्न ८औं अधिबेशनबाट अध्यक्षमा डुफकुमार बास्तोला निर्बाचित हुनुभएको छ।

आइतबार बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी हर्कबहादुर राईलाई १५२ मत अन्तरले पराजित गर्दै बास्तोला अध्यक्षमा निर्बाचित हुनुभएको हो।बास्तोलाले २७७ र राईले १२५ मत प्राप्त गर्नुभएको निर्बाचन समितिले जनाएको छ।

एमाले सोलुखुम्बुको अध्यक्षका रूपमा बास्तोलाको यो दोश्रो कार्यकाल हो।वहाँ ७ औं जिल्ला अधिबेशनबाट पनि नेकपा एमाले सोलुखुम्बुको अध्यक्षमा सर्बसम्मत निर्बाचित हुनुभएको थियो।

यसैगरी,उपाध्यक्षमा आशकुमार राई ‘शिशिर’,सचिबमा कल्पना राई,उपसचिवमा मिङ्माछिरी शेर्पा र महिला उपसचिवमा मोहनकुमारी कार्की निर्बाचित हुनुभएको छ।उपाध्यक्ष शिशिरले २९७ सचिब राईले २५९ उपसचिव शेर्पाले १६९ र महिला उपसचिव कार्कीले १७० मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ।

उपाध्यक्षमा निर्बाचित शिशिर निबर्तमान सचिब,सचिबमा निर्बाचित राई सचिवालय सदस्य,उपसचिवमा निर्बाचित शेर्पा उपसचिव र महिला उपसचिव कार्की सचिवालय सदस्य हुनुहुन्थ्यो।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ४२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.