रामप्रसाद रिजाल । हो म केपी ओलीको झोले हो !
त्यो झोलामा न सत्रहजारका टाउका छन् न र्याल र सिगाने दाउ छन् ! त्यो झोलामा बिकास र सम्वृद्दिको योजना छ ! त्यो झोलामा
१) गल्छि- त्रिशूली – मैलुङ त्रिदेशिय राजमार्ग बनाउने भिजन छ !
२) नौबिसे – काठमाडौं सुरुङ मार्ग बनाउने भिजन छ !
३) धरहरा रानिपोखरी दरबार हाईस्कुल पुनर्निर्माण गर्ने दृढता छ !
४) पेट्रोलियम पाईपलाईन जस्ले गर्दा बार्षिक ११ अर्ब ढुवानी जोगियो अब ग्यास पाईपलाईन बनाउने योजना पनि छ !
५) जनकपुर जयनगर रेलमार्गको योजना छ !
६) पुर्वपश्चिम रेलमार्गको योजना छ !
७) टोखा छहरे सुरुङ मार्गको योजना छ !
८) सदरमुकामलाई ग्रामीण भेगसँग जोड्ने दर्जनौं बाटो पक्कि गर्ने भिजन छ !
९) पुर्व पश्चिम जोड्ने ३ नयाँ राजमार्ग पुष्पलाल मध्येपहाडि लोकमार्ग मदन भण्डारी राजमार्ग निर्माण गर्ने भिजन छ !
१०) उत्तर दक्षिण जोड्ने ७ नयाँ राजमार्ग निर्माण गर्ने भिजन छ !
११) हाम्रो गुमेको भुमि फिर्ता लेराउने कानुनै संशोधन गरेर देशको नयाँ नक्सा बनाउने दृढ संकल्प छ !
१२) चाईना सँग पारवहन सन्धि गरेर नेपाललाई अब कहिल्यै नाकाबन्दी नहुने देश निर्माण गर्ने भिजन भएको नेतृत्वको झोले कसैले भन्छ भने हामीलाई स्विकार्य छ ! लेखक : रिजाल एमालेका चर्चित युवा नेता हुन ।