३ फाल्गुन २०८१, शनिबार | Sun Feb 16 2025

हिमाली र पहाडी क्षेत्रमा आज धुमधामसंँग होली पर्व मनाईदै



काठमाडौं।फागुन शुक्ल पूर्णिमाका दिन मनाईने फागु पूर्णिमा अर्थात होली पर्व आज हिमाली र पहाडी क्षेत्रमा धुमधाम संग मनाईदैछ।

आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो।फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन, नाचगान पनि गरिन्छ ।

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ९ : १७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.