३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

गृहमन्त्रीसमेत जोडिएको सूर्यदर्शन सहकारीका पीडित निक्षेपकर्ताले गुहारे राज्य व्यवस्था समिति



काठमाडौँ। कास्कीको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिसंग गुहार मागेका छन्।गृहमन्त्री रबि लामिछाने समेत जोडिएको सो सहकारी सञ्चालकहरुबाट आफूहरूको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग उनीहरूले संसदीय समिति गुहारेका हुन।

सूर्यदर्शन बचत पीडित संघर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले बिहीवार समिति सभापति रामहरि खतिवडालाई दिएको निवेदनमा जिम्मेवार निकाय मौन बसेको र ठगीमा संलग्नहरू सबै पक्राउ नपरेकाले ठगीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न र आफूहरूको निक्षेप फिर्ता दिलाउन माग गरेका छन् ।
सूर्यदर्शन संस्थाले १८ हजार सात सय बचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ निक्षेप फिर्ता गर्नुपर्ने भए पनि दुई वर्षयता एक रुपैयाँ पनि फिर्ता पाउन नसकेको, न्यायका लागि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि ठगीमा संलग्न सबै पक्राउ नपरेको उल्लेख गरिएको निवेदनमा लेखिएको छ,’गितेन्द्रबाबु (जिबी) राई राईलगायत एउटा सानो समूहले हजारौँ पोखरेली जनताको करोडौँ रुपैयाँ हिनामिना गरी सबै बचतकर्तालाई अलपत्र पारेर फरार रहेका छन् । सडकदेखि सदनसम्म ठगीको चर्चा भइरहँदा र डिफ्युजन नोटिस जारी हुँदा पनि सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन् ।’निवेदनमा भनिएको छ,‘यिनीहरूलाई हाम्रो कुन राज्यव्यवस्थाले संरक्षण दिइरहेको छ ? हामीलाई यसको जवाफ चाहियो।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ५ : ५२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.