३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब माथि पुग्यो



काठमाडौं। नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब माथि पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को फागुनसम्मको तथ्यांक अनुसार सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

नेपालले भुक्तानी गर्न बाँकी उक्त ऋणमा ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण रहेको छ। नेपालले चालु आर्थिक वर्ष २०८०-८१ को पछिल्लो ८ महिनामा २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ थप ऋण लिएको छ ।

सरकारले लिएको ऋणमा आन्तरिकतर्फ १ खर्ब ४६ अर्ब ६४ करोड र बाह्य ऋण २८ अर्ब ८६ करोड रुपैयाँ चालु आवको फागुनसम्ममा भुक्तानी गरेको छ । सरकारले पछिल्लो आठ महिनामा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण थप गरेको तथ्याङ्कले देखाएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ९ : ५७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.