३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

कृष्णबहादुर महरा र बिनोद चौधरीमाथि तत्काल छानबिन गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिए



काठमाडौं ।गृहमन्त्री रबि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उद्योगपति बिनोद चौधरी लगायतमाथि तत्काल छानबिन गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका महरा र बाँसवारी छाला तथा जुत्ता कारखाना प्रकरणमा संलग्न उद्योगपति चौधरी लगायतमाथी तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका हुन्।

यसैवीच आयोगको प्रतिवेदन प्रहरीले बुझेको छ । प्रतिवेदन बुझेको सिआइवी प्रमुख ज्ञवालीले जानकारी दिएको छ ।

गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका बताइएको छ ।f

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ३ : १८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.