३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

पेट्रोलको मूल्य एक, डिजेल र मट्टीतेल दुई रुपैयाँले घट्यो



काठमाडौं।पेट्रोल र डिजेलको मूल्य मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको एक र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाउने निर्णय गरेको हो । जसअनुसार काठमाडौंमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेलको १५८ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ९ : ५६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.