३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश परिवर्तन गर्ने भएको छ ।



काठमाडौं।सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश परिवर्तन गर्ने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख फेरबदल गर्ने निर्णय गर्दै यसअघिका प्रदेश प्रमुखलाई फिर्ता गरेर नयाँ नियुक्तिको लागि सिफारिश गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका नजिर मियाँ सिफारिस भएका छन् ।यसअघि गण्डकीमा पृथ्वीमान गुरुङ, मधेसमा हरिशंकर मिश्र र सुदूरमा देवराज जोशी प्रमुख थिए ।

प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेकोले नयाँ नियुक्तिको लागि सिफारिस गरिएको मन्त्री शर्माले बताइन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ५८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.