३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

धमाधम फिर्ता लिंदै कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन माओवादी केन्द्र



काठमाडौ। गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

बुधबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

उता, सूदुरपश्चिममा पनि माओवादी केन्द्रले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिएका हुन् ।

यसैगरी, लुम्बिनीमा माओवादी केन्द्रले मुख्यमन्त्री मन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारुले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको जानकारी दिए ।१० दल र एक स्वतन्त्र सांसद सहित ८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन् ।

यसअघि मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले माओवादी केन्द्रको तर्फबाट बनेका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए ।

माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै गण्डकीका मुख्यमन्त्रीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

मुख्यमन्त्री गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मात्रै माओवादीबाट सरकारमा सहभागी २ मन्त्रीको जिम्मेवारी खोस्दै बर्खास्त गरेका छन् ।

माओवादीबाट सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बनेकी सुशिला सिंखडा र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्दै पाण्डेले आफैं मातहात मन्त्रालय राखेका हुन्

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १ : ४८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.