३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सोलुदुधकुण्डका एक यूबाले दुई छोरी र श्रीमतीको हत्या गरेर काठमाडौंमा गरे आत्महत्या



काठमाडौं।राजधानीको सिताइलामा श्रीमतीसहित दुई छोरीको हत्या गरि श्रीमानले आत्महत्या गरेका छन् ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिकले तीन जनाको हत्या गरि आफुले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बुधबार बिहान भएको उक्त हत्याको घटनापछि काजी नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए

मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठ रहेका छन् । अनिषा ईश्वरीकी छोरी हुन् भने सिवानी नातिनी हुन् । ईश्वरीले काजीसँग दोस्रो विहे गरेको र शिवानी उनको यसअघिका श्रीमानबाट जन्मेका छोराको छोरी रहेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले दुबै छोरी रहेको बताएपनि अनुसन्धानका क्रममा शिवानी भने नातिनी भएको खुलेको हो ।

बरु ईश्वरीकी अहिलेको श्रीमानबाट एक छोरा रहेको र उनलाई काजीले पैसा लिन जाने बहानामा बाहिर पठाएर तीन जनाको हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीका अनुसार घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।(सांकेतिक तस्बिर)

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  २ : २९ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.