४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

बिहान ९ बजेदेखि आज राष्ट्रिय सभामा निर्बाचन मतदान सुरु हुंँदै



काठमाडौं।फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभा सदस्य लागि आज निर्बाचन गरिंदैछ।रिक्त हुने २० मध्ये १९ पदका लागि बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्बाचन आयोगले जनाएको छ।निर्बाचनमा आठ दलका ५१ उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन्।

नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ। गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार खडा गरेका छन्।

राष्ट्रिय सभा सदस्य चुन्न प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्।निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन्। प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ।

निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ। मतदान सकिएपछि गणना हुने र बिहीबार बेलुकी नै परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ।

तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ७ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.