२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै



काठमाडाै। आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङलगायतका जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा काठमाण्डौ उपत्यकासहित ठाउँठाउँमा मेला महोत्सव भएको छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्  । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा मेला लाग्छ । यी ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।

माघी पर्बका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना सन्देश दिंदै बहुजातीय,बहुभाषिक र बहुसांस्कृतिक बिबिधायुक्त नेपाली समाजमा नेपाली समाजमा माघीजस्ता चाड्पर्बले नेपालीबीच बन्धुत्व,आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप मजबुत गर्ने बिश्वास व्यक्त गरेका छन्।

तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १० : १४ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.