३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

हेर्नुहोस यसरि नयाँ नयाँ कार्यक्रम अघि बढाउंँदै नेचासल्यानको हिमाल दर्शन माबि



बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिका वडा नं-३ को हिमाल दर्शन माध्यमिक विद्यालयले विद्यालय बडापत्र राख्न सुरु गरेको छ ।

गत बैशाखमा ओम प्रसाद बास्तोलाको अध्यक्षतामा विद्यालय ब्यबस्थापन समितिको नेतृत्व सुरु सम्हाले यता विद्यालयको गुणस्तर सुधारका लागि एक पछि अर्को नयाँ योजना अघि सार्दै आएको विद्यालयले शुक्रबारबाट बडापत्र राखेको हो।विद्यालयले राखेको सो बडापत्रमा विद्यालयका विभिन्न कार्यक्रम,सम्पर्क स्थान तथा समय,शुल्क र सम्पर्क ब्यक्तिहरुका बिषयमा जानकारी गराईएको ब्यबस्थापन समिति सदस्य नवराज जमरकट्टेलले बताए।बडापत्रमा विभिन्न २४ वटा बुँदा उल्लेख गरिएको उनको भनाई छ।

सरकारी कार्यालयहरुमा देखिने गरी कार्यालयहरुमा नागरिक बडापत्र राख्नुपर्ने अनिवार्य ब्यबस्था सरकारले गरेपनि विद्यालयहरुमा बडापत्र राख्ने गरिएको छैन।विद्यालय बडापत्र राख्ने हिमाल दर्शन सोलुखुम्बु जिल्लाकै पहिलो विद्यालय भएको ब्यबस्थापन समिति सचिबसमेत रहेका प्रधानाध्यापक अशोक शर्माको दावी छ।

प्रधानाध्यापक शर्माका अनुसार नयाँ ब्यबस्थापन समितिले शैक्षिक गुणस्तर अभिबृद्दिका लागि नियमित तहगत र कक्षागत शैक्षिक अन्तरकृया गर्नुका साथै ‘शैक्षिक गुणस्तर अभिबृद्दिमा हाम्रो २० बुँदे प्रतिबद्धता’,’अभिभावकसंग विद्यालय’ र ‘विद्यार्थी सहायता कोष स्थापना’ नयाँ कार्यक्रम सुरु गरेको छ।

‘विद्यालयसंग अभिभावक’ कार्यक्रम अन्तर्गत ब्यबस्थापन समितिका पदाधिकारी,सदस्यका साथै शिक्षकहरु विद्यार्थीहरुका घरमा गएर अभिभावकहरुसंग अन्तरक्रिया गर्ने गरिएको प्रधानाध्यापक शर्माको भनाई छ।अन्तरक्रियामा अभिभावकहरुले दिएका सुझावहरु कार्यान्वयन गर्ने दिशामा विद्यालय अघि बढिरहेको उनले बताए।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ४ : ४५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.