९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सगरमाथाको फेदीमा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने अर्को सडक खण्डमा पनि कालोप हुने



सोलुखुम्बु। बिश्वको सर्बोच्च शिखर सगरमाथाको फेदीमा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिका जोड्ने अर्को सडक खण्डमा पनि कालोपत्रेको काम अगाडी बड्ने भएको छ।

सल्लेरी-माप्य दुधकोशी हुँदै खुम्बु जोड्ने सडक खण्ड कालोपत्रेको शिलान्यास भएको झण्डै चार महिनापछि फाप्लु-रिम्मु-नुनथला हुँदै खुम्बु जोड्ने पर्यटन सडक कालोपत्रेका लागि टेण्डर आव्हानका लागि तयारी सुरु भएको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो।

शेर्पाका अनुसार एशियाली बिकास बैंकको ग्रामीण सडक सन्जाल सुधार परियोजना अन्तर्गत सो सडक खण्डको ४३ किलोमिटर मध्ये पहिलो चरणमा १० किलोमिटर कालोपत्रे का लागि टेण्डर आव्हान हुन लागेको हो। चरणबद्ध रूपमा हुने कालोपत्रे मध्ये पहिलो चरणको १० किलोमिटरका लागी टेण्डर आव्हान गर्न एडीबीले स्वीकृती दिइसकेको मेयर शेर्पाले रहस्य खबरलाई बताए।

सडक कालोपत्रेका लागि पहिले नै डीपीआर भइ सकेको र वातावरण मन्त्रालयबाट सो योजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिबेदन पनि स्वीकृत गरिसकेका कारण सडक कालोपत्रेको काम अब छिटै सुरु हुने उनको भनाई छ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : १२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.