३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

कोशी एमालेले गर्‍यो राष्ट्रिय सभा उम्मेदवारका लागि ८ जनाको नाम सिफारिस



बिराटनगर।कोशी प्रदेशमा रिक्त दुई सिटका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन उम्मेदवारका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ।

एमाले कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचन उम्मेदवारका लागि प्रदेशबाट चार पुरुष र चार महिलाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा पुरुषतर्फ झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका पर्शुराम अधिकारी र खोटाङका कर्ण घले छन् ।

त्यसैगरी महिला तर्फ सुनसरीकी रुकमणी कोइराला, मोरङकी नेचीमाया धिमाल, झापाकी रोशनी मेचे र उदयपुरकी कान्ता राईको नाम सिफारिस गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ५ : ४४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.