२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

रुपान्तरण अभियानले पार्टी संगठन गतिशील बनायो : प्रबक्ता सापकोटा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले चार महिनासम्म चलेको रूपान्तरण जनतामा आशा पलाएको बताएका छन् ।

सोमबार सकिएको रूपान्तरण अभियानबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले कार्यकर्तामा जागृति आएको बताए । अभियानका क्रममा पहिले बनेका ठाउँको संगठन सुदृढ भएको उनको भनाइ छ ।

विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ,-प्रवक्ता सापकोटाले भने ।

यस्तै सापकोटाले अभियानबाट पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको बताएका छन् । अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको उनको भनाइ थियो । ‘अभियानले पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको छ । जनवर्गीय र मोर्चामा पनि त्यस्तै भएका छन् । धेरै अन्तर्विरोध हल हुँदै गएको छ । मूल्याङ्कनको आधार धेरै राम्रो भएको छ’, उनले भने, ‘तर जति तयारी गर्नुपर्ने थियो, त्यो भएन । विचार, कार्यदिशा तय गरी समाजवादी विचारधारको आधार तय गर्नुपर्थ्यो अभियानमा त्यसो भएन ।’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : ५३ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.