काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवासमा आगलागी भएको छ ।
प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो । क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको बताइएको छ।
बनाउन मजदुरहरु बस्ने गरेको टहरामा लागेको सो आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।