३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

जाज भूकम्प जाँदा १०० भन्दा धेरैको मृत्य



काठमाडौं ।  चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भए संगै दुई सय भन्दा बढी घाइते छन् ।

आज बिहान नेपाली समयअनुसार २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले गर्दा  कान्सु र छिङ्हाइ प्रान्तमा भने धेरै क्षति पुगेको छ ।

यसैगरी छिङ्हाइमा भने ११ जनाको मृत्यु र १२४ जना घाइते भएको  समाचार बाहिरिएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् ।

Photo file

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : ३५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.