३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषाका अध्यक्ष यादवले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै जाहेरी दिए



जनकपुरधाम । कात्तिक २८ मा हिन्दू सम्राट सेना धनुषा’ले आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईंको निर्देशन अनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…बजाइएको थियो सो कार्यक्रममा प्रसाईं प्रमुख अतिथि थिए ।

प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषाका अध्यक्ष रोषणकुमार यादवले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै जाहेरी दिएका हुन् ।

सो जाहेरीमा प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग समेत गरिएको छ । उजुरीमा भनिएको छ – मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ ।’

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : ०४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.