३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

गनाई सकेको अवस्थामा भेटियो एकै घरका दाजुभाइको शब बन्द कोठाभित्र



दाङ।दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन्।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे। मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए।मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ।

मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ।डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो। एउटै कोठाको दुई खाटमा उनीहरु मृत फेला परेका हुन्।

शव गनाइसकेकाले उनीहरुको दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। पोस्टमार्टमपछि मात्र दाजुभाइको मृत्युको बास्तविक कारण खुल्ने डीएसपी पोखरेलले बताए।

सांकेतिक तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : ०१ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.