३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

नक्कली नोटसहित काठमाडौंबाट दुई जना महिला पक्राउ



काठमाडौं । सोमबार राति काठमाडौंबाट प्रहरीले नक्कली नोटसहित दुई जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे र शंखरापुर नगरपालिका-७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र छन्।

प्रहरीका अनुसार कुमारीको साथबाट १ हजार दरको २१ थान र सिर्जनाबाट १ हजार दरको १ सय ४० थान र नक्कली नोट बरामद भएको छ ।


प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार रातिसोमबार
साँझ पक्राउ गरेको हो।

सांकेतिक तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  २ : ११ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.