जाजरकोट। जाजरकोटमा चिसोका कारण थप तीन जना वृद्धको ज्यान गएको छ।
भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका-४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका-१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका-१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको छ ।
त्रिपालमुनिको बसाइका कारण दीर्घरोगी,वृद्ध ,बालबालिका, र सुत्केरी धेरै प्रभावित भएका छन्।
गत साता यसअघि पनि नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो। अहिले सम्म एक साताभित्र चिसोकै कारण सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ।
तस्बिर सामाजिक संजाल
सांकेतिक तस्बिर