काठमाडौं । सोमबार सिमकोट विमानस्थलबाट नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिननै नचलेपछि हुम्लामै थन्किएको छ ।
विहान ८ वजे हिजो नेपाल एयरलाइन्सको जहाज नेपालगञ्जका लागि उड्न लागेको थियोे सोहि क्रममा जहाजको इन्जिनमा समस्या आयपछी मर्मतका लागि प्राविधिकको टोली हुम्ला पुगेको छ ।
जहाजको २ वटै इन्जिनको ब्याट्री डाउन भएको छ सोहि जहाज मर्मतका लागि हिजो समिट एयरको जहाजबाट ईन्जिनियर देवेन्द्र पुनको नेतृत्वमा ३ जना प्राविधिक टोली सिमकोट पुगेका छन् ।
हिजो सोमबार उनीहरुले इन्जिनमा भएको तार सर्टको मर्मत गरेका थिए । उक्त मर्मत गरेपछि नेपालगञ्ज जाने यात्रुलाई जहाजमा बोलाइएको थियो।तर जहाजको इन्जिन नै चलेन ।
श्रोत:MakaluKhabar