३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

इजरायलबाट नेपालीको उद्धार गरेवापत निगमले माग्यो पौने ६ करोड



काठमााडौं । इजरायलबाट नेपाली उद्धार गर्दा लागेको लागत वापत पौने ६ करोड रुपैयाँ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले माग दाबी गरेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको गाँजामा आक्रमण गरेपछि आफ्ना नागरिकको उद्दारका लागि सरकारले वायुसेवा निगमको जहाज पठाएको थियो ।२५ असोजमा निगमले वाइडबडी जहाजमार्फत इजरायलको तेल अभिभबाट २५४ नेपालीको उद्धार गरेको थियो ।

५ करोड ७५ लाख रुपैयाँ उक्त उडान गर्दाको लागतवापतको निगमले पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग माग गरेको हो। तस्बिर सामाजिक संजाल

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.