महोत्तरी । २७ वर्षका सियाराम यादवलाई महोत्तरी प्रहरीले मिटरब्याजको अवैध धन्दा चलाएको आरोपमा पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लोहरपट्टीको टोलीले यादवलाई लोहरपट्टी नगरपालिका- ३ उनकै निवासबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
बुवा निर्धन यादवले चलाएको मिटरब्याजको अवैध धन्दा अहिले सियारामले सम्हालन थालेका थिय । उनीविरुद्ध प्रहरीमा दर्जनौं उजुरी परेको छ ।
तस्बिर :सामाजिक संजाल