२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

दुर्गा प्रसाईं आफ्नो अपराध लुकाउन भुई मान्छेलाई झुक्याएर हिडिरहेका छन : नेता रिजाल



नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले बैंकबाट ॠण लिएर व्यवसायमा लगानी गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अरबौं रुपैयाँ तिर्न नसकेपछि अनेकौं उपायको खोजिमा भौतारिदै विभिन्न पार्टी चाहर्दै आज राजावादी कित्तामा उभिएर नेकपा ( एमाले ) र एमालेका अध्यक्ष विरुद्ध विष वमन गरेको आरोप लगाएका छन ।

प्रसाईं नेकपा ( एमाले ) मा प्रवेश गर्नुको कारण पनि झापाबाट चुनाव लड्नका लागि थियो , त्यो अवसर नपाए पछि उनै दुर्गा प्रसाईं आफुलाइ भुईं मान्छेको आवाज बोल्ने स्वघोषित प्रतिनिधि दावी गर्दै बर्बराएका छन । फेक कुरा गर्दै आफ्नो कर्तुत लुकाउन वा ढाकछोप गर्न प्रसाईं विभिन्न रुपमा सोझासीधा नागरिक हरुलाई झुक्काई हिडिरहेका नेता रिजालले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ४२ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.