५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

पुर्व मन्त्री महेस बस्नेतले यसरि खोलिदिए NRNA को हारेको आर के शर्मा समुहको हर्कत



काठमाडौं । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले गैर आवासीय नेपाली संघको पराजित समूहका व्यक्तिमाथि युवा संघका कार्यकर्ताले कुटपिट गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पराजित समूहका ओम शर्मालाई लगायतलाई युवा संघले कुटपिट गरेको भन्ने समाचार केही अन्लाइन नियुज्ले प्रकाशित गरेपछी बस्नेतले त्यसको खण्डन गरेका हुन् । ओम शर्माले आफूमाथि कुटपिट भएको भन्दै पुर्व मन्त्री बस्नेतसहित एनआरएनए अध्यक्ष बद्री केसीविरूद्व प्रहरीमा उजुरीसमेत दिएका छन् ।

आज NRNA को नवनिर्वाचित अध्यक्ष डा. बद्री के सी लाई बधाई दिन भएको कार्यक्रममा पराजित समुह आर के शर्मा, ओम शर्मा सहितको समुहले गलत हर्कत गर्ने र गलत प्रचार गर्ने काम मात्र गरे भनेकोत प्रहरीमा मेरो र बद्री जीको बिरुद्ध ठाडो निबेदन दिएका हुन ।

बस्नेतले सामाजिक संजाल फेस्बुका मार्फत चेतावनी समेत येसरी दियेका छन ।हरुवा गोरुको … दाउ भने झै । हारेका टोलीले समानान्तर कमिटी बनाएर प्रचण्ड सरकारको आडमा जताततै माओबादीको प्रवासको आफ्नो कमिटि बिस्तार गर्ने र बद्री के सी को कमिटी लाई काम गर्न नदिने षड्यन्त्र सबैले बुझेकै छन् ।

लोकतान्त्रिक प्रक्रिया द्वारा निर्वाचनको पद्धति मार्फत प्रतिनिधि छान्ने प्रकृयामा बिस्वास गर्ने सत्ता साझेदार नेपाली काँग्रेस पनि किन यस्तो धन्धामा लागेको छ ? सरकारले सत्य ,बिधि र पद्धति ,स्थापित गराउन भुमीका खेलोस् ।

कोट टाइ लगाएर अराजक र अनुशासनहिन काम नगर्दा राम्रो हुनेछ । अरुको बारेमा भ्रम र अनर्गल प्रचार गरेर बद्नाम गराँउदा अरुले पनि त्यही बाटो अपनायो भने आर के टिमलाइ मुस्किल पर्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १० : ३८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.