दावा जाङ्बु शेर्पा, काठमाडौँ । अवैधानिक रुपमा मलेशियामा कार्यरत एक नेपालीको उद्धार गरिएको छ । झापा घर भई मलेसियामा बिरामी भएर अलपत्र परेका घनाश्यान सुन्दासलाई उद्धार गरिएको हो ।
उनी लामो समयदेखि टाउँकोको प्यारालाइस भएर ४ महिना उपचार पछि आर्थिक अभावले नेपाल आउन सकि रहेका थिएनन् । उनको उद्धारका लागि वैदेशिक रोजगार उद्धार नेपालमा अपिल गरिएको थियो ।
नेपाल फर्काउनका लागि वैदेशिक रोजगार उद्धार नेपाल र नेपाल दूतावास मलेसियाबाट ट्रभल डकुमेन्ट र फिङ्गर गराई अध्यगमनमा जरिवाना तिरेर चेक आउट मेमो निस्केपछि टिकेट खरिदमा मलेशियामै कार्यरत अर्जुन खत्री (क्षेत्री) को जन्मदिनको अवसरमा वैदेशिक रोजगार उद्धार मलेसियाका प्रतिनिधि तथा शेर्पा संघ मलेसियाका अध्यक्ष समाजसेवी ङवाङ नुरी शेर्पाको विशेष पहलमा नेपाल फर्काईएको हो ।
आज राती उनी नेपाल आईपुग्ने छन् ।