काभ्रे । पनौती नगरपालिका-७ बसपार्कबाट राजस्व छली गरेर ल्याएको चिनीसहित धुलिखेल नगरपालिका-२ का ३७ वर्षीय राजु तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीकोटेश्वरका टोलीले बिहिबार दिउसो ५० किलोको ९२ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
तस्वीर : सामाजिक संजाल