१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

नर बहादुर सुनुवारको जग्गामा हाइड्रोपावर मार्फत गरिएको निर्माणकार्य तत्काल बन्द गर्न खिजीदेम्बा गाउँपालिकालाई निवेदन



दावा जाङ्बु  शेर्पा,ओखलढुंगा । पिके हाइड्रोपावरले प्रभावित क्षेत्रका नगारिक आदिवासी समुदायको माग संवोधन नगरे पछि निमार्णकार्य बन्द गर्न गाउँपालिकामा निवेदन दिएको छ । स्थानीय किशोर सुनुवारले गाउँपालिकामा निवेदन दिएका हुन् ।

यस भन्दा अगाडि कमल सुनुवारको संयोजकत्वमा ५५ सदस्य संघर्ष समिति गठन गरेका थिए । स्थानीयलाई समाबेश नगरी हाइड्रोपावर सञ्चालन गर्ने खोजेको भन्दै समितिले थप संघर्षको कार्यक्रम गर्ने घोषणा गरेका थिए । यस अघि प्रभावित क्षेत्रका नगारिकहरुले वडा कार्यलय गाउँपालिका, सांसदहरुलाई ध्यानकर्षण पत्र बुझाएका थिए । त्यस्तै, प्रभावित क्षेत्रका नागरिकले पुनः वातावरणीय परिक्षण , वातावरणीय प्रभाव मुल्याङकन लागाएतको माग सहित खिजीदेम्बा गाउँपालिका अध्ययक्ष गम्बु शेर्पाले ६ बुँदे माग सहित हाइड्रोपावरका अध्यक्ष राजेन्द्र तिवारी लाई ध्याणकर्षण पत्र बुझाएका छन । साथै संघर्ष समितिका सञ्चार संयोजक किशोर कुमार सुनुवारले सञ्चार संयोजकबाट राजिनामा दिएका छन् ।

अगुल्टो पत्रिकाबाट पुर्ण आइ ई ई गर्दै भ्रमपुर्ण समाचार छापिएका थिए उक्त समाचारको खण्डन गर्दै स्थानीय किशोर सुनुवारले लिखित जवाफ मागे पनि नदिएको उल्टै धाक,धम्की दिएको र संघर्ष समिति भित्र चलखेल भएको थाहा पाए पछि सञ्चार संयोजकबाट राजिनामा दिएको सुनुवाले बताएका छन् ।

पिके हाइड्रोपावर मार्फत गरिएको कार्य तत्काल रोक्न गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई निवेदन दिएका छन् । नर बहादुर सुनुवारको नाममा दर्ता भएको सेती बगर स्थिति रहेको कित्ता नम्बर ९५६,७२८र ७४३ को जग्गामा अनुमानि बिना किशोर कुमार सुनुवारका काका थाम बहादुर सुनुवारले पिके हाइड्रोपावर प्रा.लि. कम्पनी मार्फत लिखु खोल जलविद्युत आयोजनाको लागि प्रयोग गर्न भनी सम्झौता गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : १४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.